सूचना
B.Sc. प्रथम वर्षमा भर्ना सम्बन्धी (शैक्षिक सत्र २०८२)
मिति: 2082/4/26
यस क्याम्पसमा विज्ञान संकाय अन्तर्गत स्नातक तह (B.Sc.) प्रथम वर्षको शैक्षिक सत्र २०८२ का लागि भर्ना आवेदन फाराम खुला गरिएको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। इच्छुक विद्यार्थीहरूले तोकिएको म्याद भित्र अन्लाइन आवेदन पोर्टल मार्फत वा क्याम्पसको विज्ञान संकाय कार्यालयमा फाराम बुझाई आवेदन दिन सक्नेछन्।
१. आवेदन फाराम विवरण:
फाराम खुल्ने मिति: २०८२ श्रावण २८
फाराम बुझाउने अन्तिम मिति (सामान्य शुल्क): २०८२ भदौ २७
आवेदन शुल्क: रु. १,१००
भर्ना स्थान: भक्तपुर बहुमुखी क्याम्पस, विज्ञान संकाय कार्यालय
अन्लाइन आवेदन पोर्टल: https://iost.tu.edu.np
२. शैक्षिक योग्यता:
आवेदकले कक्षा १२ (+2) वा I.Sc. विज्ञान संकाय समूहबाट उत्तीर्ण गरेको हुनुपर्छ।
आवेदकले कक्षा १२ वा I.Sc. स्तरमा १०० अङ्कको अंग्रेजी विषय अध्ययन गरेको हुनुपर्छ।
जीविक समूह (Biological Group): रसायनशास्त्र (Chemistry) र जीवविज्ञान (Biology) दुवैमा २००/२०० अङ्क, न्यूनतम C ग्रेड वा दोश्रो श्रेणी, अन्य विषयमा GPA कम्तीमा 1.6 हुनुपर्नेछ।
भौतिक समूह (Physical Group): भौतिकशास्त्र (Physics) र गणित (Mathematics) दुवैमा २००/२०० अङ्क, न्यूनतम C ग्रेड वा दोश्रो श्रेणी, अन्य विषयमा GPA कम्तीमा 1.6 हुनुपर्नेछ।
A Level विद्यार्थीहरू: सम्बन्धित समूहका विषयमा न्यूनतम D ग्रेड, अन्य विषयमा E ग्रेड।
विदेशी शिक्षण संस्थाबाट अध्ययन पूरा गरेका विद्यार्थीहरूले शैक्षिक प्रमाणपत्र शैक्षिक विकास केन्द्र, सानोठिमी, भक्तपुरबाट प्रमाणित गराउनुपर्नेछ।
३. आवश्यक कागजातहरू:
१. कक्षा १२ (+2) वा I.Sc. को प्रमाणपत्र तथा मार्कशीटको प्रमाणित प्रतिलिपि
२. S.E.E. को प्रमाणपत्र तथा मार्कशीटको प्रतिलिपि
३. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
४. पासपोर्ट साइजको हालसालै खिचिएको फोटो – २ प्रति
४. अन्य जानकारी:
प्रवेश परीक्षा मिति पछि प्रकाशित गरिनेछ।
तोकिएको म्यादपछि प्राप्त आवेदन फाराम स्वीकार गरिने छैन।
अन्लाइन फाराम भर्ने सम्पूर्ण विवरण तथा निर्देशनका लागि https://iost.tu.edu.np हेर्नुहोस्।