स्नातक तह Yearly and semster system प्रथम वर्ष भर्ना सम्बन्धी (शैक्षिक सत्र २०८२/८३)

स्नातक तह Yearly and semster system प्रथम वर्ष भर्ना सम्बन्धी (शैक्षिक सत्र २०८२/८३)

2025-08-11
BKMC Admin

स्नातक तह प्रथम वर्ष भर्ना सम्बन्धी (शैक्षिक सत्र २०८२/८३)

त्रिभुवन विश्वविद्यालयले शैक्षिक सत्र २०८२/८३ का लागि वार्षिक तथा सेमेष्टर प्रणाली अन्तर्गत स्नातक तह प्रथम वर्षका विभिन्न कार्यक्रमहरूमा भर्ना खुला गरेको छ। यस सूचना अन्तर्गतका कार्यक्रमहरू यस प्रकार छन्ः


१. वार्षिक प्रणाली (Annual System) कार्यक्रमहरू
(भक्तपुर बहुमुखी क्याम्पस अन्तर्गत)

  • B.A. – Faculty of Humanities and Social Sciences

  • B.B.S. – Faculty of Management

  • B.Sc. – Institute of Science and Technology

भर्ना तालिका (वार्षिक प्रणाली):

  • भर्ना अवधि: २०८२ श्रावण चौथो सातादेखि २०८२ असोज अन्त्यसम्म

  • कक्षा प्रारम्भ: २०८२ कार्तिक दोस्रो सातादेखि

  • परीक्षा फाराम बुझाउने मिति: २०८३ वैशाख

  • परीक्षा अवधि: २०८३ असार चौथो सातादेखि

  • नतिजा प्रकाशन: २०८३ असोज

B.Sc. वार्षिक प्रणालीका लागि विशेष योग्यता:

  • कक्षा १२ (+2) वा I.Sc. विज्ञान संकाय समूहबाट उत्तीर्ण।

  • १०० अङ्कको अंग्रेजी विषय अनिवार्य रूपमा अध्ययन गरेको हुनुपर्नेछ।

  • सम्बन्धित समूहका विषय (भौतिक/गणित वा रसायन/जीवविज्ञान) मा २००/२०० अङ्क, न्यूनतम C ग्रेड वा दोश्रो श्रेणी, अन्य विषयमा GPA कम्तीमा 1.6।

  • विदेशी प्रमाणपत्रधारीले शैक्षिक विकास केन्द्र, सानोठिमीबाट प्रमाणिकरण लिनुपर्नेछ।

२. सेमेष्टर प्रणाली (Semester System) कार्यक्रमहरू
(Tribhuvan University Entrance-based Programs)

  • BBA – Bachelor of Business Administration

  • BBM – Bachelor of Business Management

  • BITM – Bachelor of Information Technology in Management

  • BCA – Bachelor of Computer Applications

  • B.Sc. CSIT – Bachelor of Science in Computer Science and Information Technology

  • BIT – Bachelor of Information Technology

BBA, BBM, BITM (Faculty of Management) का लागि:

  • प्रवेश परीक्षा: CMAT अनिवार्य।

  • आवेदन अवधि: TU Faculty of Management को तोकिएको मिति अनुसार (भदौ मध्यसम्म खुला रहनेछ)।

  • योग्यता: कक्षा १२ वा सो सरह, न्यूनतम D ग्रेड वा CGPA 1.8, वा दोश्रो श्रेणी।

BCA का लागि:

  • PCL वा +2 उत्तीर्ण, न्यूनतम ४०% वा CGPA 2.0 (C+ भन्दा कम हुनु हुँदैन)।

  • प्रवेश परीक्षा अनिवार्य।

B.Sc. CSIT र BIT (Institute of Science and Technology) का लागि:

  • योग्यता: कक्षा १२ (+2) विज्ञान तह, भौतिकशास्त्र र गणितमा न्यूनतम C ग्रेड वा दोश्रो श्रेणी।

  • A-Level, CTEVT Diploma (इन्जिनियरिङ) तहका विद्यार्थी पनि योग्य।

  • प्रवेश परीक्षा शुल्क: रु. १,९५०।

  • न्यूनतम उत्तीर्ण अंक: ३५%।


३. अनलाइन आवेदन पोर्टल (सेमेष्टर प्रणाली र B.Sc. वार्षिकका लागि)

४. अतिरिक्त जानकारी:

  • एकभन्दा बढी संकाय, संस्थान वा विषयमा आवेदन दिन इच्छुक विद्यार्थीहरूले प्रत्येकका लागि अलग–अलग फाराम बुझाउनु पर्नेछ।

  • प्रवेश परीक्षा र भर्नासम्बन्धी विस्तृत विवरण सम्बन्धित डिनको कार्यालय वा क्याम्पसमा उपलब्ध हुनेछ।

  • तोकिएको म्यादपछि प्राप्त आवेदनहरू स्वीकार गरिने छैनन्।